ad ad

राजनीति


अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्नु आपत्तिजनक : मुख्यमन्त्री राउत

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्नु आपत्तिजनक : मुख्यमन्त्री राउत

नेपालखबर
असोज १३, २०७८ बुधबार १७:५६, काठमाडौँ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको घटनाप्रति आपत्ति जनाएका छन्।

बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले अख्तियारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि भएको साइकल खरिदमा करोडौँ अनियमितता भएको उजुरी परेपछि अख्तियारले बुधबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो। सो क्रममा अख्तियारले केही फाइलहरु नियन्त्रणमा समेत लिएको छ।

उनले साइकल खरिद गर्दा कुनै अनियमितता नभएको दाबीसमेत गरे। 

‘कुनै पनि कम्पनीलाई तोकेर त्यहाँ हामी त्यो खरिद गर्न सक्दैनौँ। अर्थात जुन खरिद गर्ने प्रक्रिया थालनी भयो, खरिद गरिएको छ त्यो सार्वजनिक खरिद ऐन अन्तर्गत छ’ राउतले भने।

उनले प्रदेश सरकार सुशासन र संघीयताको लागि आफैँ प्रतिवद्ध रहेको बताए। प्रदेश सरकारलाई बदनाम गर्न पत्र पत्रिकामा अनियमितताबारे भ्रामक समाचार प्रकाशित भएको राउतको दाबी थियो।

उनले समाचार प्रकाशित भएको केही घण्टामै अख्तियारको टोली छापामार शैलीमा आएको बताए।

‘मानौं यो प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय, जो आफैँ शुसानको लागि, सुशासन कायम गर्नको लागि प्रतिवद्ध छ, जो आफैँ शुसान कायम गर्नको लागि प्रदेश जनलोकपाल ल्याएको छ। त्यो संस्था, त्यो संस्थाको गरिमा कसरी कायम हुन सक्छ, त्यसलाई कायम गर्नको लागि आफैँ प्रतिवद्ध रहेको अवस्थामा यो तरिका, जुन आउने छापामार शैलीमा। मानौं की त्यहाँका यस्ता प्रमाणहरु चाहिँ लोप भइराखेको छ, त्यसलाई चाहिँ कसैले एकदमै नास गर्न लागिरहेछ। त्यस शैलीमा आउँछन् र यहाँ आएर चाहीँ आफ्नो छापामार शैलीमा आफ्नो प्रस्तुती गर्छन्।’

उनले प्रदेश मुख्यमन्त्री कार्यालयमा छापा मारिएको बारे अख्तियार प्रमुख प्रेम राईसँग टेलिफोन गरेर गुनासो पाखेको जानकारी पनि दिए।

प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .