ad ad

समाज


प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली

प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली

शैलेन्द्र महतो
असोज १३, २०७८ बुधबार १४:५९, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार छापा मारेको छ।

बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर फर्किएको हो। 

'बेटी बचाऊ, बेटी पढाऊ' अभियानका लागि भएको साइकल खरिदमा करोडौँ अनियमितता भएको उजुरी परेपछि छानविनका क्रममा अख्तियारले छापा मारेको हो। 

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबास कार्यालयकै टोलीले मुख्यमन्त्री कार्यालयमा सामान खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको बताए। उनले ती फाइललाई केन्द्रमा ल्याएर अनुसन्धान गरिने बताएका छन्।

प्रदेश २ सरकारले छोरीहरूलाई विद्यालय पठाउने अभियान चलाउन भन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम चलाइरहेको छ। 

त्यस कार्यक्रमबाट बालिकाहरूलाई वितरण गर्न टेण्डर नै नगरी साइकल किनिएको थियो। साइकल खरिद र वितरणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। 

अख्तियारको केन्द्रीय कार्यालयबाट पुगेको टोलीले बर्दिबासस्थित कार्यालयको समन्वयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।

प्रदेश २ सरकारले २०७५ मंसिरदेखि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको हो। त्यस अभियानका नाममा सुरुबाटै करोडौँ भ्रष्टाचार भइरहेको उजुरी अख्तियारमा परेको थियो। अख्तियारले पनि सुरुवाती छानबिनमा हिनामिना भएको भेटिएको जनाएको छ।

गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालि मार्फत खरिद गरिएको १७ हजार २६२ साइकलमा बिना उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्डको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले बुधवार छापा मारेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .