दाङमा नेपाली कांग्रेसको गाउँनगर अधिवेशनअन्तर्गत तुलसीपुर नगर सभापतिमा सुरेश हमाल विजयी भएका छन्। घोराही नगर सभापतिमा भने तिलक रावत निर्वाचित भएका छन्।
दुवैले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराएका हुन्। हमाल संस्थापन इतर अर्थात् दाङमा दीपक गिरी पक्षका हुन् भने रावत संस्थापन अर्थात् देउवा पक्षका हुन्।
हमालले प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मतअन्तरले जितेका हुन्। हमालले ३६८ मत प्राप्त गर्दा कार्कीले २०८ मत मात्रै प्राप्त गरे।
उपसभापतिमा बिनिल केसी र गौरव सुवेदी, सचिवमा विमल पौडेल र सुशील वली तथा सहसचिवमा शेषमणि भण्डारी र झनकबहादुर बस्नेत विजयी भएका छन्। उपसभापतिमा विजयी गौरव मात्र कार्की समूहका हुन्, बाँकी पदाधिकारी हमाल समूहकै हुन्।
उता घोराही नगरपालिकामा तिलक रावत २८६ मत ल्याएर सभापति पदमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी निरज गिरीले १६२ मत मात्र पाए।
यस्तै उपसभापतिमा दुर्लभ केसी र प्रदीप सुवेदी, सचिवमा भीमकान्त चौधरी र पुष्पराज आचार्य तथा सहसचिव पदमा चेतन बस्नेत र राजकुमार बस्नेत विजयी भएका छन्।
जिल्लाको लमही नगरकाे सभापतिमा सन्ताेष बुढाथोकी निर्वाचित भएका छन्।
यस्तै गढवा गाउँ सभापतिमा किरण पौडेल, राजपुर गाउँपालिकामा नरेन्द्र भण्डारी, दंगीशरण गाउँपालिकामा, शम्भु गिरी, बबई गाउँपालिकामा प्रकाश बस्नेत विजयी भएका छन्।
यसअघि शुक्रबार राप्ती गाउँपालिकामा विद्याशरण चौधरी, बंगलाचुलीमा जागेश्वर अधिकारी र शान्तिनगर गाउँपालिकामा झकल केसी सर्वसम्मत सभापति चयन भएका छन्।
Shares
प्रतिक्रिया