१४ सांसदमाथि कारबाही र माधव नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै केपी ओलीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ।
न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।
तत्कालीन नेकपा एमाले सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेले संसदमा सिफारिस गरेको थियो।
तर सभामुखले १३ दिन रोकेर त्यस पत्रमाथि केही गर्नु नपर्ने भन्दै कारबाहीको सूचना टाँसेका थिएनन्।
यस्तै पार्टीले कारबाही गर्ने निर्णय गरे पनि तिनै सांसदको संख्यालाई आधार मानेर निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिदिएको थियो।
यसरी गरिएको दल दर्ता अवैधानिक भन्दै ओलीले एकीकृत समाजवादी दल खारेज गर्न समेत माग गरेका छन्।
यसअघि २९ गतेका लागि पेशी तोकिएको भए पनि हेर्न नभ्याइएको भन्दै सुनुवाइ हुन सकेको थिएन।
सोमबार भने दोस्रो र तेस्रो नम्बरमा दुवै रिट छन्। दुवै रिटमाथि एकसाथ सुनुवाइ भइरहेको हो।
Shares
प्रतिक्रिया