नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दिएको मुद्दा सुनुवाइ गर्न आज (सोमबार) का लागि पेसी ताकिएको छ।
ओलीद्वारा दर्ता रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको हस्ताक्षरमा नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गराएको भनेर आयोग र पार्टीको पत्रबमोजिम ती सांसदलाई सांसद पदबाट बर्खास्त नगरेको भनेर सभामुख सापकोटाविरुद्ध मुद्दा दिएका हुन्।
यो पनि : केपी ओलीलाई रामकुमारी झाँक्रीको प्रश्नः हाम्रो बाटो किन छेकिराख्नुभएको छ?
144
Shares
प्रतिक्रिया