राजनीति


कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जनालाई राष्ट्रपतिले दिइन् विभूषण (सूची)

कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जनालाई राष्ट्रपतिले दिइन् विभूषण (सूची)

नेपालखबर
असोज ३, २०७८ आइतबार ८:१०, काठमाडौँ

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन्। 

यही भदौ २९ गते मन्त्रिपरिषद्ले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले ती विभूषण तथा पदक प्रदान गरेकी हुन्।

जसअनुसार नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिएको छ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न, मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एंव नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी दिइएको छ।

नामावली गोरखापत्रको यस लिंकमा–  गोरखापत्र (सुरुमा समाचार आउनेछ, अलि तल यसको सूची छ)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .