नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः वडा अधिवेशन हुने सम्भावना नरहेको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले डडेल्धुरामा पुनः वडा अधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन्।
‘डडेल्धुरामा फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिन,’ महामन्त्री डा. कोइरालाले भने।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकपक्षीय ढंगले अधिवेशन गरेको भन्दै निर्वाचन समितिको ध्यानाकर्षण गर्न इतर समूह सानेपा गएको थियो।
डडेल्धुरामा वडा अधिवेशन पुनः गराउनका लागि पौडेल पक्षीय नेताहरुले बिहीबार निर्वाचन समितिको ध्यानाकर्षण गर्न सानेपा गएका थिए।
निर्वाचन समितिसँग डडेल्धुरामा सम्पन्न भएको वडा अधिवेशनका बारेमा जानकारी लिन आफूहरु आएको डा. कोइरालाको भनाइ छ।
Shares
प्रतिक्रिया