ad ad

राजनीति


एकीकृत समाजवादीमा प्रवेश माग गरिएकाे मुद्दा खतिवडा र सुवेदीको इजलासमा

एकीकृत समाजवादीमा प्रवेश माग गरिएकाे मुद्दा खतिवडा र सुवेदीको इजलासमा

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १२:९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले सर्वाेच्च अदालतमा हालेको मुद्दाका विषयमा निर्णय गर्न आजका लागि पेसी तोकिएको छ। 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको हो। उक्त मुद्दामा अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न आज दुवै पक्षलाई अदालत उपस्थित हुन भनिएको हो। 

यसअघि मीरा खड््काको इजलासले तत्काल प्रतिकूल असर पर्नेगरी कुनै कारबाही नगर्न एमालेलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो। 

अन्तिम समयमा एकीकृत समाजवादीमा समावेश हुन निवेदन दिए पनि निर्वाचन आयोगले सनाखत गराएको थिएन। 

नेकपा एमाले छाडे सांसद पद गुम्ने अवस्था छ। पद जोगाउन उनीहरूले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

अदालतले एकीकृत समाजवादीमा सनाखत गराउन आदेश नदिए एमालेले कारबाही गरेर हटाउन सक्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .