राजनीति


कुमार पौडेलका हत्यारालाई कारबाही गरः केसी

कुमार पौडेलका हत्यारालाई कारबाही गरः केसी

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १६:१९,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।

अध्यक्ष केसीले मंगलबार एक विज्ञप्ति प्रकासित गरी पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको उल्लेख गर्दै संलग्नमाथि कारबाही गर्न माग गरेका हुन्।
राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनलेसमेत पौडेललाई नियन्त्रणामा लिएर दोहोरो भिडन्तका नाममा प्रहरीले हत्या गरेको स्पष्ट भएको भन्दै उनले कुनै व्यक्तिलाई गिरफ्तार गरी त्यसरी हत्या गर्नु संविधान, कानुन र मानव अधिकार समेतको गम्भीर उल्लंघन भएको बताएका छन्।

यसैबीच अध्यक्ष केसीले संघीयताको दुष्परिणामबारे जनताले बुझ्दै गएको दाबी गरेका छन्। केही समय अघिसम्म राजमोका कुरालाई ख्याल ठट्टा मान्नेहरुले अहिले आएर राजमोको कुरा ठिक रहेछ भन्न थालेको केसीले बताए।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने, ‘ठुलो संयन्त्र पाल्दाखेरि अहिले नेपाली जनताले थाहा पाए । हिजो हामीले भनेको कुरा ख्यालठट्टाजस्तो लाग्दथ्यो। अहिले यो कुरा ठीक रहेछ भन्ने कुरा साधारण मकै पोलेर बेच्नेले पनि थाहा पाए।’

संघीयता देशले धान्न सक्दैन भन्ने सुरु देखि नै उठाउँदै आएको उल्लेख गर्र्दै केसीले भने, ‘संविधान जारी गर्ने बेलामा पनि हाम्रो पार्टीले संघीयताको बारेमा मतभेद राख्यो। अहिले नेपाली जनताको मुखमा संघीयता धान्न सकिँदैन् भन्ने आवाज छ। संघीयता र गणतान्त्रिक प्रणाली आएतापनि राजनीति गर्ने मान्छेको प्रवृत्ति बदलिएको छैन्। लुट, भ्रष्टाचार, ठेकेदारी प्रथा कायमै छन्। यी सबैको भण्डाफोर गर्नको लागि हाम्रो पार्टीले देशव्यापी कार्यक्रम बनाएको छ।’

गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनकारी सबै शक्ति एकजुट हुनुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad