राजनीति


अफगानिस्तानमा आफूविरुद्ध प्रदर्शन गर्ने महिलालाई तालिबानले बन्दुकको कुन्दाले हाने (भिडिओ)

अफगानिस्तानमा आफूविरुद्ध प्रदर्शन गर्ने महिलालाई तालिबानले बन्दुकको कुन्दाले हाने (भिडिओ)

महिला अधिकारकर्मी नरगिस सद्दातको अनुहारमा चोट, उनका अनुसार शनिबार प्रदर्शनका क्रममा तालिबानी लडाकुले उनलाई बन्दुकको कुन्दाले हान्दा चोट लागेको हो। अनुहारबाट रगत बगेको उनले बताएकी छन्। साथै महिला अधिकारर्मी र पत्रकारको भीडमा तालिबानका लडाकुले फायरिङसमेत गरेको आरोप छ।


नेपालखबर
भदौ २०, २०७८ आइतबार ८:५, काठमाडौँ

अफगानिस्तानमा आफूहरूलाई पनि पुरुष बराबर अधिकार दिन माग गर्दै महिलाले गरेको विरोध प्रदर्शनमा तालिबानले बल प्रयोग गरेको छ। त्यस क्रममा तालिबानका लडाकुले आफूहरूलाई बन्दुकको कुन्दाले हानेको प्रदर्शनमा सहभागी महिलाले बताएका छन्। 

तालिबानले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिरहेका बेला अफगान महिला अधिकारकर्मीले सत्तामा महिलाले पनि पुरुष बराबर स्थान पाउनुपर्ने माग गर्दैै विरोध प्रदर्शन गरिरहेका हुन्। 

यस क्रममा उनीहरूले लगातार दोस्रो दिन शनिबार पनि राजधानी काबुलमा नाराबाजी गरेका छन्। तर उनीहरूको शान्तिपूर्ण प्रदर्शनमा तालिबानका लडाकुले हस्तक्षेप गर्दै दमन गरेका हुन्। 

प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी नरगिस सद्दातले शनिबार तालिबानका लडाकुहरूले आफूलाई पिटेको बताएकी छन्। तालिबानी लडाकुले बन्दुकको कुन्दाले हान्दा आफ्नो अनुहारमा चोट लागेको उनको भनाइ छ। 

टोलो न्युजका अनुसार काबुलस्थित राष्ट्रपतिको भवनतर्फ अगाडि बढ्दै गर्दा महिला प्रदर्शनकारीलाई तालिबानले बल प्रयाेग गरी रोकेका हुन्। त्यस क्रममा तालिबानका लडाकुले अश्रु ग्यास प्रहारका साथै हवाई फायरिङसमेत गरेको आरोप छ। 

तलको ट्विटरमा तालिबानले शनिबार महिलाको प्रदर्शनमा गरिरहेको हस्तक्षेपको भिडिओ दृश्यः

यो पनि : 

अफगानिस्तानबाट बाहिरिन केटालाई पैसा दिएर विमानस्थलमै छोरीको विवाह!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .