अफगानिस्तानमा तालिबानले आफ्नो सरकार गठन गर्ने प्रयास गरिरहेका बेला पाकिस्तानको गुप्तचर एजेन्सी आईएआईका प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद शनिबार काबुल (अफगानिस्तानको राजधानी) पुगेका छन्।
समाचार एजेन्सी पीटीआईले पाकिस्तानको अब्जर्भर पत्रिकालाई उद्धृत गर्दै हमिदको नेतृत्वमा पाकिस्तानका वरिष्ठ अधिकारीको टोली भावी तालिबान सरकारसँग संवाद गर्न काबुल पुगेको हो।
रिपोर्टअनुसार उनीहरूले ‘पाकिस्तान–अफगानिस्तान सुरक्षा, अर्थव्यवस्था र अन्य विविध मुद्दामा तालिबान नेतृत्वसँग वार्ता गर्नेछन्।’
एक्सप्रेस ट्रिब्युनका अनुसार पाकिस्तानी गुप्तचर प्रमुख हमिदले पाकिस्तानका राजदूतसँग पनि भेट गर्नेछन् र अफगानिस्तान छाडेर बाहिरी मुलुक गएका र विदेशी नागरिकसँग सम्बन्धित विषयमा छलफल गर्नेछन्।
पाकिस्तानको जियो न्युजका अनुसार हमिद काबुलमा एक दिन बस्नेछन्। समाचार च्यानलका अनुसार हमिदले सीमा व्यवस्थापनका विषयमा पनि संवाद गर्नेछन्।
— Dominic Raab (@DominicRaab) September 3, 2021I have held meetings with key partners in Qatar and Pakistan to support the people of Afghanistan, prevent it from becoming a safe haven for terrorists & respond to the humanitarian situation and safeguard regional stability. pic.twitter.com/G8Gu3FqXlj
Shares

प्रतिक्रिया