ad ad

राजनीति


तालिबानविरुद्ध अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिको अडान अझै उस्तै

तालिबानविरुद्ध अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिको अडान अझै उस्तै

अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह


नेपालखबर
भदौ १७, २०७८ बिहिबार १५:२७, काठमाडौँ

अफगानिस्तानमा तालिबानले आफ्नो नेतृत्वमा नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी गरिरहेका बेला त्यहाँका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहले भने पन्जसिर उपत्यकाबाट उनीहरूविरुद्धको लडाइँ जारी रहेको बताएका छन्। 

यो पनि : ​अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने सम्भावना

पन्जसिर अफगानिस्तानको एउटा मात्र त्यस्तो प्रान्त हो, जुन तालिबानले अहिलेसम्म आफ्नो कब्जामा लिन सकेको छैन।

यो पनि :​ सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा

लिबानले राजधानी काबुल नियन्त्रणमा लिएपछि उपराष्ट्रपति सालेह त्यहीँ बसिरहेका छन् र तालिवानविरोधी लडाकुको नेतृत्व गरिरहेका छन्। पन्जसिरमा तालिबानविरोधी शक्ति बलियो रहेको बताइएको छ। 

अपदस्थ उपराष्ट्रपति सालेहले फेसबुकमामा ‘तालिबानबारे प्रतिक्रिया’ शीर्षकमा स्टाटस लेख्दै तालिबानविरुद्धको लडाइँ जारी रहने चेतावनी दिएका हुन्। 

सालेहले फेसबुकमा ‘तालिबानबारे प्रतिक्रिया’ शीर्षकमा स्टाटस लेख्दै सालेहले पन्जसिरबाट तालिबानको प्रतिरोध जारी रहने र पूरै अफगानिस्तानका नागरिकको अधिकार रक्षा गरिने दाबी गरेका हुन्। 

उनले लेखेका छन्, ‘हाम्रो प्रतिरोध सम्पूर्ण अफगान नागरिकको अधिकार रक्षाका लागि हो। विरोधी पन्जसिरमा छन्, तर प्रतिरोध पन्जसिरका लागि मात्रै होइन।’

उनले अगाडि लेखेका छन्, ‘आज यो उपत्यका (पन्जसिर) सिंगो मुलुकको प्रतिनिधित्व गरिरहेको छ र ती सबै अफगान नागरिकका लागि हो, जो दमन, बदला, विद्वेष, जनताको सम्पत्तिमा अतिक्रमण र अँध्यारो सोचबाट मुक्ति चाहन्छन्। यदि यो देशलाई तिमीहरू (तालिबान) प्रति थोरै पनि भरोसा गथ्र्याे भने सिमानामा नागरिकको त्यत्रो लाम लाग्ने थिएन, जो आफ्ना सारा कुरा त्याग्न चाहन्छन्, तर तिमीहरूको नियन्त्रणमा रहन चाहँदैनन्।’ 

यो पनि :

बन्द गरियो काबुल विमानस्थल, अफगानिस्तानबाट भाग्न चाहनेहरूको विचल्ली

तालिबानले अझै कब्जामा लिन सकेन पन्जसिर प्रान्त, वार्ता असफल

एक १९ वर्षे अफगान युवतीको हृदयविदारक पत्रः मेरी साथीलाई जस्तै मलाई पनि तालिबानले लाने हुन् कि!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .