तालिबानले अहिलेसम्म कब्जा गर्न नसकेको अफगानिस्तानको एक मात्र प्रान्त पन्जसिरमा तालिबानले सहमतिका लागि त्यहाँका नेताहरूसँग गरेको वार्ता असफल भएको छ।
अफगानिस्तानको खामा प्रेसको रिपोर्टअनुसार तालिबानका निर्देशन तथा प्रोत्साहन आयोगका अध्यक्ष मुल्ला आमिर खान मोतकीले पन्जरिसर प्रान्तका नेताहरूसँग गरिएको वार्ता निष्कर्षविहीन भएको बताएका हुन्। यस क्रममा उनले पन्जसिरका नागरिकलाई आफ्ना नेतालाई सहमतिका लागि प्रोत्साहन गर्न अपिल गरेका छन्।
पन्जसिर हिन्दुकुश पहाडै पहाडले घेरिएको उपत्यका हो। यो अफगानिस्तानको राजधानी काबुलबाट ९० किलोमिटर उत्तर पर्छ।
रिपोर्टअनुसार मुल्लाहले अफगानिस्तान पूरै कब्जा गरिसक्दा पनि पन्जसिरका नागरिक भने तालिबानको विरोधमा रहेको बताएका छन्।
यो पनि :
सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा
Shares
प्रतिक्रिया