राजनीति


अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने सम्भावना

अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने सम्भावना

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १३:४०, काठमाडौँ

अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने सम्भावना देखिएको छ। 

तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले सामाजिक सञ्जालमार्फत राजधानी काबुलस्थित राष्ट्रपति भवनमा एक समारोह आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। 

तालिबानका एक वरिष्ठ अधिकारीले हालैका दिनमा समाचार एजेन्सी रोयर्टसँग तालिबानका सर्वाेच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादाको नेतृत्वमा एक शासकीय परिषद् गठक हुने सक्ने बताएका थिए। जसको प्रमुख राष्ट्रपति हुन्छ। 

मुल्ला हब्तिुल्लाहका तीन उपप्रमुख छन्। उनीहरू हुन्– तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलवी याकुब, शक्तिशाली हक्कानी नेटवर्कका प्रमुख सिराजजुद्दिन हक्कानी र तालिबानका संस्थापक सदस्यमध्ये एक अब्दुल गनी बरादर। 

तालिबानले यसअघि सन् १९९६ देखि २००१ सम्मको आफ्नो शासनकालमा यस्तै एक परिषदको सहारामा सत्ता चलाएको थियो, जो जनताबाट निर्वाचित थिएन। 
त्यसपछि तालिबान सरकारले अफगानिस्तानमा क्रूर शरिया कानुन लागू गरेको थियो। 

सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका सेनाले आक्रमण गरेपछि तालिबान सत्ताबाट बाहिरिएको थियो भने यसका अधिकतर नेता निर्वासन जान बाध्य भएका थिए।

त्यसको २० वर्षपछि अहिले फेरि तालिबान अफगानिस्तानको सत्तामा फर्किएको हाृे। तालिबानले देश कब्जा गरेपछि त्यहाँका धेरै नागरिकले देश छाडेका छन्, छाड्ने क्रम जारी छ। 

यो पनिः

एक १९ वर्षे अफगान युवतीको हृदयविदारक पत्रः मेरी साथीलाई जस्तै मलाई पनि तालिबानले लाने हुन् कि!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .