माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा थप चारजनाले बुधबार सनाखत गरेका छन्।
सांसदहरु सोमप्रसाद पाण्डे र माया ज्ञवालीसहित ४ जना बुधबार आयोगमा पुगे सनाखत गरेका हुन्।
तर उनीहरुको सनाखतलाई स्वीकृति दिने नदिने निर्णय आयोगले गरिसकेको छैन। यस विषयमा छलफल भइरहेको आयोगका एक अधिकारीले बताए।
उनीहरुले मंगलबार आयोगमै पुगेर निवेदन दिएका थिए। यदि उनीहरुको सनाखतले मान्यता पाएमा नेपालले दल र केन्द्रीय समिति दुवैतर्फ २० प्रतिशत पुर्याउने छन्।
603
Shares

प्रतिक्रिया