राजनीति


ठाकुर र महतो पनि आयोगमा, १७ कार्यकारिणी सदस्य र १५ सांसदको साथ रहेको दाबी

ठाकुर र महतो पनि आयोगमा, १७ कार्यकारिणी सदस्य र १५ सांसदको साथ रहेको दाबी

नेपालखबर
भदौ ९, २०७८ बुधबार १२:४५, काठमाडौँ

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोहरू पनि नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका छन्।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा मुद्दा हारेपछि उनीहरुले सरकारद्वारा जारी नयाँ अध्यादेशको फाइदा उठाउँदै नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। 

निर्वाचन आयोगमा पुगेका उनीहरुले आफूहरुसँग ३७ मध्ये १५ जना संघीय सांसद र ५१ मध्ये १७ जना कार्यकारिणी समिति सदस्यहरुको साथ रहेको दाबी गरेका छन्। 

पुरानो कार्यकारिणी समितिबाट ३१ जना र रेशम चौधरीको नाम सनाखत गरिने नेता महतोले बताए। 

प्रस्तावित दल लोकतान्त्रिक समाजवादीका सांसद र केन्द्रीय सदस्यहरुको सनाखत आयोगमा हुन लागेको हो।

 आयोगले उनीहरूलाई सनाखतका लागि स-शरीर भौतिक रूपमा आयोगमा साढे ११ बजेदेखि २ बजेसम्म उपस्थित हुन भनेको थियो ।

सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेको थियो। यो अध्यादेशको उपयोग गर्दै ठाकुरले नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad