नयाँ दल दर्ताका लागि निवेदन दिएका एमालेबाट अलग भएका माधव नेपाल र जनता समाजवादी पार्टीबाट छुट्टिएका महन्थ ठाकुर पक्षका नेताहरू आज निर्वाचन आयोग उपस्थित हुनुपर्ने भएको छ।
केन्द्रीय कमिटीमा उल्लेख सूचीअनुसारका सदस्य एकिन गर्न आयोगले उनीहरूलाई आज आफैं आउन भनेको हो।
यसैले आज नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आयोगको कार्यालय जानुपर्ने भएको हो।
सरकारले हालै जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार नयाँ दल दर्ताका लागि पहिलेका पार्टीका केन्द्रीय सदस्य कि सांसद २० प्रतिशत यता आएको हुनुपर्छ।
तसर्थ आयोगले दिएको समयअनुसार उनीहरू आज बिहान साढे ११ देखि दिउँसो २ बजेसम्ममा आयोगको कार्यालय पुग्नुपर्नेछ।
आफ्ना पक्षमा १७ जना कार्यकारीणी सदस्य र १४ जना सांसद रहेकाले संसदीय दलतर्फ ३८ प्रतिशत र कार्यकारिणी समितितर्फ ३३ प्रतिशत रहेको ठाकुर पक्षले दाबी गरेको छ।
Shares

प्रतिक्रिया