समाज


वैदेशिक रोजगारीमा गएका पति १० वर्षसम्म घर नफर्किएपछि...

वैदेशिक रोजगारीमा गएका पति १० वर्षसम्म घर नफर्किएपछि...

नेपालखबर
भदौ ९, २०७८ बुधबार ८:५८, काठमाडौँ

बैतडीको डिलाशैनी गाउँपालिकाकी एक महिलाले आफैँले जन्माएको नवजात शिशुको हत्या गरेकी छन्। डिलाशैनी ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले  अवैध यौन सम्बन्धबाट जन्भिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ। 

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।  

माधवीले नवजात शिशुको हत्या गरेको भन्दै उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। उनका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारमा गएका थिए। उनी अझै घर फर्किएका छैन। पति उतै बेपत्ता भएपछि उनको परपुरुषसँग सम्बन्ध भएको आफन्तको भनाई छ। माधवीका १३ वर्षीय एक छोरा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad