राजनीति


दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार, मंगलबार स्थायी कमिटी बैठक

दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार, मंगलबार स्थायी कमिटी बैठक

नेपालखबर
भदौ ७, २०७८ सोमबार १४:४४, काठमाडौँ

गत असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएका छन्। नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाउने भएको छ ।

सोमबार अध्यक्ष केपी शर्मा ओली र एमाले एकता जोगाउन सक्रिय रहेका नेताहरुसँग भएको छलफलपछि दस बुँदे सहमति कार्यान्वयनको लागि स्थायी कमिटी बैठक बोलाउने सहमति जुटेको छलफलमा सहभागी सुरेन्द्र पाण्डेले नेपालखबरलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा अब एकताको पक्षमा लागेका नेताहरु सहभागी हुनेछन् । माधवकुमार नेपाल माथिको कारवाही प्रक्रिया फिर्ता लिने विषयमा भोलिकै बैठकमा निर्णय हुन सक्ने उनले बताए ।

‘दस बुँदे कार्यान्वयनको लागि भोलि ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ,’ पाण्डेले नेपालखबरसँग भने, ‘ हामी त्यो बैठकमा सहभागी हुन्छौं ।’

माधव नेपाललाई समेत दल दर्ता प्रक्रिया फिर्ता लिएर बैठकमा आउन अनुरोध गर्ने उनले बताए । 

‘हामी एमाले फुट रोक्न चाहन्छौं, दस बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनमा गएपछि त्यो विभाजन रोक्छ । माधव नेपालसहितका नेताहरूमाथि गरिएको कारवाही भोलिकै बैठकबाट फिर्ता हुने संभावना छ,’ पाण्डेले थपे ।

एमाले विवाद समाधान गर्न असार २७ गते दस बुँदे सहमतिको प्रस्ताव तयार पारिएको थियो ।  त्यस आधारमा ओलीले त्यस यता गरेका सबै निर्णय पनि फिर्ता लिनुपर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad