राजनीति


एमालेप्रति माओवादीको आक्रोश : एउटा दलको सांसदलाई अर्कोले कारबाही गर्न मिल्छ?

एमालेप्रति माओवादीको आक्रोश : एउटा दलको सांसदलाई अर्कोले कारबाही गर्न मिल्छ?

सुदीप भण्डारी
भदौ ७, २०७८ सोमबार १४:४१, बुटवल

नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक आज पनि अवरुद्ध गरेको छ। आफ्नो पार्टीले २ जना सांसदलाई कारवाही गरेको प्रदेश सभाबाट सूचना दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो।

भदौ १ गतेबाट प्रदेश सभाको नवौं अधिवेशन सुरु भएपनि सुचारु हुन सकेको छैन।

सूर्य चिन्हबाट चुनाव जितेका नवलपरासी पश्चिमका अजय शाही र दाङकी विमलाकुमारी खत्री वलीलाई एमालेले कारबाही गरेको थियो। कारवाही गरेको सूचना प्रदेश सभाबाट दिनुपर्ने माग गर्दै आएको छ। 

आजको बैठक सुरु हुने वित्तिकै विपक्षी एमालेका सांसद कुलप्रसाद पोखरेलले सभामुखलाई संकेत गर्दै मर्यादित व्यक्तिबाट अमर्यादित काम भएको आरोप लगाएका थिए। उनले आफ्नो पार्टीले कारबाही गरेका २ जना सांसदको बारेमा सूचना दिन माग गरे। त्यसपछि एमाले सांसदले रोस्टम घेरेर निरन्तर नाराबाजी गरिरहेका थिए। 

माओवादी केन्द्रको प्रश्न : एउटा दलले अर्को दलको सांसदलाई कारबाही गर्न मिल्छ? 
एमाले सांसदको नाराबाजीका बिच सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरलाई बोल्न दिए। बैठकमा बोल्दै घर्तीले विमलाकुमारी खत्री आफ्नो दलको सदस्य भएकाले अर्को पार्टीले कारबाही गर्न नसक्ने बताए। 

‘हाम्रो पार्टीको सदस्य विमला खत्रीको बारेमा जुन कुरा उठाउनुभएको छ। एउटा दलको सदस्यलाई अर्को दलले कारवाही गर्न मिल्छ कि मिल्दैन?’ उनले भने, ‘यदि मिल्ने नै हो भने हामीले पनि उहाँहरुको दलको सदस्यलाई कारबाही गर्छौं चिठी दिन्छौं। त्यो टाँस्नुभएन भने हामीले पनि सदन अवरुद्ध गर्छौं।’

घर्तीले मर्यादित भएन भनेर नारा लगाएका विपक्षी सांसद आफैँ अमर्यादित भएको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad