राजनीति


काबुलमा आईएसले आक्रमण गर्ने त्रास, अमेरिकाले जारी गर्‍याे चेतावनी

काबुलमा आईएसले आक्रमण गर्ने त्रास, अमेरिकाले जारी गर्‍याे चेतावनी

फाइल तस्बिर: इस्लामिक स्टेट (आईएस) का लडाकु।


नेपालखबर
भदौ ६, २०७८ आइतबार ८:४०, काठमाडौँ

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट (आाईएस) ले आक्रमण गर्न सक्ने चेतावनी जारी गरेको छ। 

बीबीसीका अनुसार शनिबार विज्ञप्ति जारी गरी  अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई सजग रहन आग्रह गरेको हो। 

जारी सुरक्षा अलर्टमा अमेरिकाले आफ्ना नागरिकलाई भनेको छ– ‘ढोकैबाहिरकाे खतराबाट आफूलाई टाढै राखाैँ।’

अमेरिकी सरकारका प्रतिनिधिको साथमा मात्र यात्रा गर्न भनिएको छ। 

अमेरिकी सुरक्षा अधिकारीले त्यस्तो खतरालाई आफूले निगरानी गरिरहेको र वैकल्पिक बाटोको खोजीमा रहेको बताएका छन्। 

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अहिले त्यहाँबाट बाहिरिने मानिसको भागदौड मच्चिरहेको छ। राजधानी काबुलस्थित हामिद कारजाई विमानस्थलमा दैनिक यात्रुको भीड लाग्ने गरेको छ। 

यो पनि : अफगानिस्तानमा तालिबानको सरकार बनाउन काबुल पुगे बरादर

त्यस क्रममा त्यहाँ हिंसाका घटना पनि भइरहेको खबर आइरहेका छन्। यसै क्रममा अमेरिकाले त्यहाँ अर्काे उग्रवादी संगठन इस्लामिक स्टेट (आईएस) ले पनि आक्रमण गर्ने खतरा रहेको आशंका गर्दै चेतावनी जारी गरेको हो। 

तर आईएसले आक्रमण गर्न सक्ने विषयमा अहिलेसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

यो पनि : अफगानिस्तानमा तालिबानको जितप्रति इस्लामिक स्टेट असन्तुष्ट, यसो भन्यो

शनिबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सुरक्षा विभागले दिएको जानकारीअनुसार अहिलेसम्म अफगानिस्तानको विमानस्थलबाट १७ हजार मानिस बाहिरिइसकेका छन्। तीमध्ये २ हजार ५ सय जना आफ्ना नागरिक रहेको अमेरिकाले जनाएको छ। 

यतिबेला काबुलको विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ। 

यो पनि : अफगानिस्तानबाट अहिलेसम्म कति नेपाली फर्किए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .