ad ad

राजनीति


नयाँ सरकार गठनका लागि तालिबान नेता बरादर काबुलमा

नयाँ सरकार गठनका लागि तालिबान नेता बरादर काबुलमा

नेपालखबर
भदौ ६, २०७८ आइतबार ५:५, काठमाडौँ

तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका छन्।

तालिवानका प्रभावशाली नेताका रूपमा चिनिने गनी बरादरले अफगानिस्तानबाट अमेरिका फर्किने अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए। 

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का व्यक्त भएका बेला बरादर काबुल पुगेका अफगान अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

तालिबानले सङ्कट व्यवस्थापनका लागि अशरफ गनीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने बताएको छ। 

बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्र संघको फरार आतङ्कवादीको सूचीमा छ। 

अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका हुन्। स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए। 

तालिवानका चार संस्थापक नेतामध्ये एक बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थल हुँदै अफगानिस्तान ओर्लिएका थिए। 

कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधारक्षेत्र थियो। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .