ad ad

राजनीति


कारबाहीमा परेका एमाले सांसदको सूची सभामुखको हातमा

कारबाहीमा परेका एमाले सांसदको सूची सभामुखको हातमा

नेपालखबर
भदौ २, २०७८ बुधबार १३:३८, काठमाडौँ

नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ नेतालाई कारबाही गरेको जानकारी सभामुख अग्नि सापकोटालाई दिइएको छ।

मंगलबार संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको च्याम्बरमा दर्ता गराइएको पत्र आज बुधबार सभामुख सापकोटालाई जानकरी गराइएको हो।

केही बेरअघि सापकोटासमक्ष पु¥याइएको पत्रमा नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको जनाइएको छ।

कारबाहीबारेको पत्र मंगलबार दिउँसो ४ः२० संसद सचिवालयमा दर्ता भएको थियो।

‘दल त्याग गरेको सूचना सम्बन्धमा’ भनेर उल्लेख गरिएको पत्रमा एमालेको साउन २५ गते बसेको केन्द्रीय समिति बैठकले नेपालसहितका १४ जनालाई कारबाही गर्ने निर्णय गरेको जनाइएको छ। 

‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ ( १) को ‘क’बमोजिमको कार्य नगरी दलको निर्देशन (ह्वीप) उल्लंघन गरेकोले यस दलको मिति २०७८÷४÷२५ को निर्णय अनुसार ऐ ऐनको दफा ३२ (२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहने गरी यसदलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपी समेत साथै राखी यो सूचना गरिएको छ,’ पत्रमा व्यहोरा छ।

वैशाख २७ गते केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका थिए तर, नेपाल पक्षका २७ सांसदले आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रम नै बहिष्कार गरे। 

त्यही कुरालाई आधार बनाएर ओलीले माधव नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएका हुन्। 

कारबाहीको जानकारी निर्वाचन आयोगलाई पनि हिजै दिइसकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .