राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन्।
मंगलबार मन्त्रिपरिषद्को बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
भण्डारीले सरकारले सिफारिस गरेको १ दिनपछि 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८' अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालखबरलाई जानकारी दिए।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत संख्याको समर्थन भए दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याएको हो।
39
Shares
प्रतिक्रिया