ad ad

राजनीति


दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले आजै जारी गर्ने

दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले आजै जारी गर्ने

नेपालखबर
भदौ २, २०७८ बुधबार १०:३६, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश आजै जारी गर्ने भएकी छिन्।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनको संसोधन अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ।

मंगलबार राष्ट्रपति कार्यालयले अध्यादेश अध्ययनका क्रममा रहेको बताएको थियो।

राष्ट्रपति भण्डारी निकटस्थ स्रोतले नेपालखबरलाई भनेअनुसार अध्यादेशमाथिको अध्ययन सकिएको छ र आज(बुधबार) नै भण्डारीले अध्यादेश जारी गर्नेछिन्।

अध्यादेश जारी गरेलगत्तै राजपत्रमा प्रकाशित भएपछि त्यसले कानुनको रुप लिन्छ। राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले भण्डारीले अध्यादेश जारी गर्ने बताए।

‘मन्त्रीपरिषद्ले निर्णय गरेर प्रधानमन्त्रीले सिफारिस गरेपछि अध्यादेश रोक्ने भन्ने हुँदैन,’ ढकालले नेपालखबरसित भने, ‘राष्ट्रपतिज्यूले स्वभाविक रुपमा जारी गर्नु हुन्छ।’

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल त्याग गरेर नयाँ दल खोल्नका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य रहने व्यवस्था छ।

सरकारले संसदीय दल या केन्द्रीय कमिटी मध्ये एउटामा २० प्रतिशत सदस्य भए पनि पार्टी विभाजन गर्न सक्नेगरी ऐन संसोधन गरेर अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको हो।

सत्ता गठबन्धनमा रहेको एमालेका माधव कुमार नेपाल समूहलाई नयाँ पार्टी खोल्न सजिलो बनाउने गरि अध्यादेश ल्याएको सरकारको सत्तारुढ गठबन्धन बाटै चर्काे बिरोध भने भइरहेको छ।

संसदलाई कामविहीन बनाएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आएको सरकारले ओलीकै पद पछ्याएपछि यसलाई धेरैले मन पराएका छैनन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .