राजनीति


प्रचण्ड भन्छन्  : प्रतिगामीले फेरि टाउको उठाउँदैछन्, क्रान्ति अझै सकिएको छैन

प्रचण्ड भन्छन्  : प्रतिगामीले फेरि टाउको उठाउँदैछन्, क्रान्ति अझै सकिएको छैन

नेपालखबर
साउन ३१, २०७८ आइतबार १८:२८, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ विचारसहित अघि बढ्नुपर्ने बताएका छन्। 

शनिबारदेखि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति बैठकको समापन गर्दै प्रचण्डले नयाँ परिस्थितिमा नयाँ विचारको आवश्यकता रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति तीव्र रोष प्रकट गरे। 

उनले अझै पनि क्रान्ति पूरा भइनसकेको बताउँदै प्रतिगामीहरुले टाउको उठाउन खोजिरहेको पनि बताए। 

‘दक्षिणपन्थी, फाँसीवाद, अवसरवादी र विसर्जनवादविरुद्धको संघर्षबाट जीत हासिल भएको छ,’ प्रचण्डले भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर अझै क्रान्ति पूरा भएको छैन। प्रतिमगनका मतियारहरु टाउको उठाउने प्रयासमै छन्। हामी चनाखो रहनुपर्छ।’

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बैठक सुरु भएको हो। बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव र विधान मस्यौदा प्रस्तावमाथि आठ वटा समूह बनाएर छलफल भएको थियो। 

छलफलबाट नेताहरुले अब कार्यकारी प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा जानुपर्नेदेखि कांग्रेससँगको सहकार्यबारे पनि प्रश्न उठाएका थिए। त्यस्तै उनीहरु एमसिसीबारे माओवादीको धारणा प्रष्ट हुनुपर्ने मत राखेका थिए। 

माओवादी केन्द्रको बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गरेको छ। तर महाधिवेशन हुनुपर्ने आवाज बैठकमा उठेको छ। यो बैठकबाट सबै नेताहरुलाई संगठन निर्माणमा खटाउने निर्णय पनि मा‌‍ओवादीले गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad