राजनीति


माओवादीमा प्रचण्डको विकल्प खोज्न थालियो, महाधिवेशन माग

माओवादीमा प्रचण्डको विकल्प खोज्न थालियो, महाधिवेशन माग

नेपालखबर
साउन ३१, २०७८ आइतबार १७:४६, काठमाडौँ

नेकपा माओवादी केन्द्रमा पनि नेतृत्व परिवर्तनको मुद्दा उठेको छ। शनिबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा नेताहरुले नेतृत्व परिवर्तनका लागि अब महाधिवेशनमा जानुपर्ने दबाब दिएका हुन्।

बैठकमा शनिबार बनाइएका आठवटा समूहको तर्फबाट सुझाव पेश गर्दै टोली नेताहरुले अब राष्ट्रिय सम्मेलनभन्दा नेतृत्व परिवर्तनका लागि महाधिवेशनमै जानुपर्ने कुरा उठाएका हुन्। 

'आजको आवश्यकता राष्ट्रिय सम्मेलन भन्दा पार्टीको महाधिवेशन हो', टोली नेताहरुले सुझाव दिँदै भनेका छन्, 'अब पनि किन महाधिवेशन नगर्ने? अलिक तयारी गरेर महाधिवेशन गर्नु अझ उपयुक्त हुन्छ।'

बैठकमा राष्ट्रिय सम्मेलनमा अल्झिनु भन्दा महाधिवेशनमै गएर पार्टीलाई चलायमान गर्नुपर्ने कुरा नेताहरुले उठाएका हुन्। 

'राष्ट्रिय सम्मेलन पनि प्रस्तावित समयावधि भित्र सबै काम हुन कठिन देखिन्छ। एकातिर कोरोना महामारीको तेश्रो हरको सम्भावना छ। अर्कोतर्फ जिल्लाभन्दा तलको संरचना निर्माणमा एकै दिन गर्न कठिन हुने देखिन्छ। त्यसैले तयारी गरेर नै महाधिवेशनमा जानु उचित हुन्छ', समूहगत सुझाव दिँदै एक टोली नेताले भने। 

माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड करिब ३२ वर्षदेखि नेतृत्वमा रहँदै छन्। 

बैठकमा प्रदेश १ बाट राम कार्की, प्रदेश २ बाट रामचन्द्र झा, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी, सम्पर्क प्रदेश/बिशेष प्रदेश/ प्रवास र केन्द्रीय कार्यालयबाट युवराज चौलागाईंले सुझाव पेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad