राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्तामा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।
आइतबार राप्रपाका अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गृहयुद्धमा फस्दै गइरहेको अफगानिस्तानबाट आफ्ना नागरिकलाई फर्काउन माग गरेका हुन्।
‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, राप्रपाले ब्रिटिश गोर्खाका भूपु सैनिकहरुको जायज माग पुरा गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति पनि सरकारको ध्यान आकर्षित गराएको छ।
87
Shares

प्रतिक्रिया