राजनीति


राष्ट्रपतिद्वारा स्वतन्त्र सेनानी आङ सन संग्राहालय अवलोकन

राष्ट्रपतिद्वारा स्वतन्त्र सेनानी आङ सन संग्राहालय अवलोकन

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ९:८,

म्यानमारको राजकीय राष्ट्रपति विद्यादेवी भण्डारीले यंगोनास्थित बोग्योक आङ सन संग्राहालयको शनिबार अवलोकन गरेकी छन्।

म्यान्मारका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको संग्राहालयमा उनका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन्। स्वतन्त्रता सेनानी सन म्यान्मारका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुन। संग्राहालमा राष्ट्रपति र प्रतिनिनिधिमण्डललाई यंगोन क्षेत्र सरकार र दलका सामाजिक मामिलामन्त्री नैङ न्गान लिनले स्वागत गरेका थिए।

यसअघि आज बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रतिनिधिमण्डलले महाविजय चैत्यको अवलोकन गरेको थियो। सो चैत्यमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति पनि राखिएको छ।

सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .