राजनीति


देउवाको ट्विट मेन्सन गर्दै भुटानी प्रधानमन्त्रीले भने– कोरोना संकटको बोझ कम गर्न ठोस प्रयास आवश्यक छ

देउवाको ट्विट मेन्सन गर्दै भुटानी प्रधानमन्त्रीले भने– कोरोना संकटको बोझ कम गर्न ठोस प्रयास आवश्यक छ

नेपालखबर
साउन २४, २०७८ आइतबार १३:५०, काठमाडौँ

भुटानी प्रधानमन्त्री डा. लोटे छिरिङले कोरोना संकटको बोझ कम गर्न एकले अर्को ठोस प्रयासहरु गर्नुपर्ने बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोप नेपालीलाई सापटी दिएपछि भुटानलाई धन्यवाद दिँदै गरेको ट्विटलाई कोट गर्दै भुटानी प्रधानमन्त्री लोटेले सो कुरा बताएका हुन्। 

‘खोपमा सहजीकरण गर्न पाउँदा खुसी लागेको छ। सबै दाता राष्ट्रहरुको सदाशयतापूर्ण सहयोगको कारण सम्भव भएको हो’, लोटेले लेखेका छन्, ‘हामीलाई अति आवश्यक भएको समयमा सहयोगका लागि उनीहरूलाई धन्यवाद छ। एक अर्काको बोझ हल्का गर्नका लागि थप ठोस प्रयाहरुलाई निरन्तरता दिनुपर्छ।’

भुटानले नेपाल अस्ट्राजेनेकाका २ लाख ३० हजार डोज खोप सापटी दिएको छ। प्रधानमन्त्री देउवाले सो सहयोगका लागि भुटान नरेश तथा प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad