नेकपा एमालेले आज (आइतबार) बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि (सोमबार) का लागि सारेको छ।
अब बैठक सोमबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘कतिपय आन्तरिक र पार्टी एकतासम्बन्धी विषयका कारण बैठक भोलिलाई सारिएको हो,’ कार्यालय सचिव तामाङले आइतबार बिहान नेपालखबरसँग भने।
बिहीबार र शुक्रबार बसेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकले आफूहरूलाई एकताबद्ध बनाउने हो भने आज (साउन २४) का लागि तोकिएको केन्द्रीय कमिटी बैठक रोक्न चेतावनी दिएको थियो।
बिहीबार र शुक्रबार बसेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकले आफूहरूलाई एकताबद्ध बनाउने हो भने आज (साउन २४) गतेको केन्द्रीय कमिटी बैठक रोक्न चेतावनी दिएको थियो।
उनीहरूकै आग्रहबमोजिम बैठक भोलिलाई सारिएको हो त भन्ने प्रश्नमा कार्यालय सचिव तामाङले भने, ‘उहाँहरूकै आग्रहलाई मध्यनजर गर्दै हो। उहाँहरूको मागलाई सकेसम्म सम्बोधन गरौं भनेर हाे। कतिसम्म सार्दा सन्तुष्ट हुनुहुन्छ, त्यो पनि चेक गर्छाैं।’
१० बुँदे समझदारीपत्र तयार भएयता हरेक बैठकमा सबै नेतालाई निमन्त्रणा गर्ने गरिएको पनि उनले जानकारी दिए।
केन्द्रीय कमिटी बैठक बस्नुअघि सोमबारै बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्ने जानकारी पनि कार्यालय सचिव तामाङले दिए।
यी पनिः
–ओलीलाई नेपालको चेतावनीः एकताका लागि अन्तिम मौका
–‘माधव नेपालसँग टाढिँदै गएका’ भीम रावलद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता
Shares

प्रतिक्रिया