राजनीति


एसएसबीले तुइन काटेको घटनामा सरकार मौन बसेकोप्रति सांसदहरूको आपत्ति

एसएसबीले तुइन काटेको घटनामा सरकार मौन बसेकोप्रति सांसदहरूको आपत्ति

नेपालखबर
साउन २०, २०७८ बुधबार १७:०, काठमाडौँ

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन्। 

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने एमाले सांसदहरुले दार्चुलामा एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनालाई सरकारले गम्भीरतापूवर्क नलिएको आरोप लगाए। 

सांसदहरुले महाकालीमा बेपत्ता धामीको खोजी गर्न तथा उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। 

सांसद खिमलाल भट्टराईले एसएसबीले तुइन काटिदिँदा पनि सरकार मौन बसेकामा आपत्ति प्रकट गरे। भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको उनले आरोप लगाए। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीसित तत्काल वार्ता गर्न भट्टराईले माग गरे। 

‘वर्तमान सरकारले तुइन विस्थापन गर्न उचित कदम चालोस्’, भट्टराईले भने। 

सांसद इन्दु कडरियाले एसएसबीले तुइन काटेर अमानवीय काम गरेको भन्दै त्यसको जति निन्दा गरे पनि कम हुने बताइन्। उनले तुइन काटेको घटनाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाइन्। खुला सीमानाका कारण एसएसबीको ज्यादती बढेको उनको भनाइ थियो। 

‘यस्तो ज्यादती कहिलेसम्म सहेर बस्ने? यसप्रति गम्भीर बन्न सबैको ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भनिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad