ad ad

राजनीति


महन्थ ठाकुरको रिट अन्य मुद्दासँगै राखेर पेश गर्न सर्वोच्चको आदेश

महन्थ ठाकुरको रिट अन्य मुद्दासँगै राखेर पेश गर्न सर्वोच्चको आदेश

नेपालखबर
साउन २०, २०७८ बुधबार १४:५, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवादमा सर्वोच्च अदालतले अध्यक्ष महन्थ ठाकुरको रिटलाई अन्य मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको छ। निर्वाचन आयोगले आधिकारिकता खोसिदिएर दलविहीन बनाइदिएपछि हालेको ठाकुरको रिटलाई आधिकारिकता विवादसम्बन्धीन अन्य मुद्दासँग राखेर पेश गर्न आदेश दिएको हो।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले नेता ठाकुरको रिटमा सुनुवाइ गर्दै जसपा आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन यस्तै प्रकृतिका अन्य मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको हो ।

निर्वाचन आयोगले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि उक्त निर्णय खारेजी मागसहित ठाकुरले साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता  दिनु भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .