ad ad

राजनीति


जसपा उपेन्द्र-बाबुराम पक्षले पारित गर्‍याे संसदीय दलको विधान

जसपा उपेन्द्र-बाबुराम पक्षले पारित गर्‍याे संसदीय दलको विधान

फाइल फाेटाे


नेपालखबर
साउन ५, २०७८ मंगलबार १८:१२,

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ।

मंगलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो। बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताए। सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा भने कुनै छलफल नभएको उनले बताएका छन्।

‘संसदीय दलको विधान पारित भएको छ’ अध्यक्ष यादवले भने, ‘जसपा एउटै पार्टी हो, दुईवटा होइन।’

त्यस्तै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताएका छन्।

बैठकले संसदीय दलको विधानलाई मुख्य एजेण्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरूको बारेमा केही कुरा नभएको डा. भट्टराईको भनाइ थियो।

त्यस्तै पार्टीका सांसद रामबाबु यादवले संंसदीय दलको विधान पार्टीबाट अनुमोदन भएर आएपछि यस अनुसार नै संसदीय दलका पदाधिकारी चयन गरिने बताएका छन्। केन्द्रीय कार्यकारिणी समितिको बहुमत र सांसदको पनि बहुमत आफूसँगै भएको उनले बताए। सांसद यादवले अबको १,२ दिनमा पार्टीले निर्णय गर्ने र निर्वाचन आयोगबाट पनि दलको बारेमा आधिकारिकता आएपछि पार्टी अघि बढ्ने बताए।  

‘मान्छे चरित्रको हुनुपर्छ, डबल रोलले चल्दैन, एउटै चरित्र लिएर महन्थ ठाकुर पक्ष आउनुभयो भने, उहाँहरुलाई पार्टीमा अझै ठाउँ छ’, सांसद यादवले भने, ‘मन्त्रीहरूको कुरा भनेको निर्वाचन आयोगबाट दल फाइनल भएपछि मात्रै हुन्छ।’

नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै सांसद यादवले ढिलोचाँडो सरकारमा सहभागी बन्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .