ad ad

राजनीति


सात महिनापछि बालुवाटार गए प्रचण्ड

सात महिनापछि बालुवाटार गए प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०७८ मंगलबार ११:३९,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन्। 

उनी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न मंगलबार बालुवाटार गएका हुन्।

यसअघि उनी गत पुस ५ गते अन्तिम पटक बालुवाटार गएका थिए। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग भेटवार्ता भएकै दिन प्रतिनिधि सभा विघटन गरेपछि उनी बालुवाटार गएका थिएनन्। 

तत्कालीन प्रधानमन्त्री ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा बालुवाटारमा तत्कालीन नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो। 

उक्त बैठकमा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बाहिरिएपछि प्रचण्ड फेरि बालुवाटार गएका थिएनन्।

मंगलबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल विस्तारका बारेमा छलफल भएको छ। 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूह सरकारमा सहभागी हुने नहुने विषय अझै टुंगो नलागेकाले मन्त्रालय कति–कति संख्यामा भागबण्डा गर्ने भन्ने बारे तय हुनसकेको छैन। 

बालुवाटार स्रोतले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मंगलबार मन्त्रिमण्डल विस्तारबारे प्रारम्भिक छलफलमात्रै भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .