राजनीति


ओलीको गुनासो : हाम्रो पक्षमा जनादेश हुँदा पनि सरकार छाड्नुपर्‍यो

ओलीको गुनासो : हाम्रो पक्षमा जनादेश हुँदा पनि सरकार छाड्नुपर्‍यो

नेपालखबर
साउन १, २०७८ शुक्रबार १२:३८,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको आदेशकै कारण सरकार छोड्नुपरेको बताएका छन्। शुक्रबार बसिरहेको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले आफ्नो पक्षमा जनादेश हुँदा हुँदै पनि सरकार छाड्नुपरेको गुनासो गरेका हुन्।

‘न्याय दिने ठाउँबाटै हामीलाई अन्याय भयो,’ ओलीले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा भने,  'हाम्रो सरकारलाई जनादेश थियो तर, परमादेशले सरकार छोड्नुपर्यो।’

उनले सरकार छोडे पनि जनता आफ्नो साथमा रहेको पनि बताएका छन्। ‘हाम्रो साथमा जनता छन्, हामी जनताकहाँ गएर फेरि आउन सक्छौं,’ ओलीले भने।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक रहेको ठहर गर्दै पुन:स्थापना गरिदिएको थियो।

प्रतिनिधिसभा पुन:स्थापनासँगै सर्वोच्चले कांग्रेस दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दिएसँगै ओलीले सत्ता छाड्नुपरेको थियो। त्यसअघि एमालेभित्र देखिएको विवाद मिलाउन ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad