नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको ‘बाढी पहिरो विपत व्यवस्थापन समन्वय समिति’ मा थप सदस्य मनोनित गरेका छन्।
देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिरोका कारणले पुर्याएको जनधनको ठूलो क्षतिको तथ्यांक संकलन तथा बाढी पहिरो पीडितहरुलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले कांग्रेस केन्द्रीय कार्यसमिति असार ४ गतेको बैठकले सो समिति गठन गरेको थियो।
पार्टीका केन्द्रीय सदस्य, खेलकूद विभागका प्रमुख एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा सभापति देउवाले ११ जना मनोनित गर्नुका साथै बस्नेतले तीन जनालाई आमन्त्रित सदस्यमा मनोनित गरेका हुन्।
समितिको सहसंयोजकमा सांसद दिव्यमणि राजभण्डारी, सचिवमा केन्द्रीय सदस्य किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी रहेका छन्। यस्तै, सदस्यहरुमा भूमिबहादुर (विश्व) गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीवबिक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, श्री देवराज चालिसेर नगिना यादव रहेका छन्।
त्यसैगरी, बाढी पहिरो विपत व्यवस्थापन समन्वय समितिका संयोजक बस्नेतले समितिको आमन्त्रित सदस्यमा जनार्दन नेपाल, दीर्घबहादुर केसी (कुमार), र चेतनाथ खनाललाई मनोनित गरेका हुन्।
Shares

प्रतिक्रिया