राजनीति


टर्कीले अमेरिकी युद्धविरामको प्रस्ताव नमान्ने

टर्कीले अमेरिकी युद्धविरामको प्रस्ताव नमान्ने

नेपालखबर
असोज २९, २०७६ बुधबार ४:३१,

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई अस्वीकार गरेका हुन्।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहँदा एर्दोआनको त्यस्तो भनाइ आएको हो।

कुर्दिस लडाकुहरूलाई लक्षित गर्दै उत्तरी सिरियामा सैन्य आक्रमण गरिरहेको टर्कीमाथि आक्रमण रोक्न दबाब दिँदै अमेरिकाले टर्कीमाथि मंगलबार आर्थिक प्रतिबन्ध लगाएर विरोध जनाएको थियो। आक्रमण रोक्न आग्रह गरेको थियो।

टर्कीले सिरियास्थित कुर्दिस लडाकुमाथि आक्रमण गरेपछि पूर्वोत्तर सिरियामा सिरियाली सेना गएको छ। टर्कीको सेना र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने देखिएको छ।

Image result for erdogan vs trump

एर्दोआन र ट्रम्प

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेरै एर्दोआनलाई सिरियामा आक्रमण रोक्न भनेका थिए। कुर्दिसमाथिको आक्रमणमा कैयौं सर्वसाधारण मारिएका छन्।

एर्दोआनले भने जस्तोसुकै परिणाम आए पनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका थिए।

 टर्कीका राष्ट्रपति एर्दोआनले यस विषयमा रुससँग समेत कुरा गरेका छन्। सिरियाको भूमिमा कुर्दमाथि आक्रमण भएपछि सिरियाली सेना र टर्कीको सेनाबीच झडप हुने संभावना बढेको छ। यसबीचमा क्रेम्लिनले सिरियाली सेनामाथि आक्रमण हुन नदिने बताएको छ।

सिरियाली नेता बशर अल असदको रुस मुख्य सैन्य साझेदार हो। सन् २०१५ यता सिरियामा रुसी सेना परिचालित छ। रुसी रक्षा मन्त्रालयका अनुसार उसका सेनाहरूले सिरिया र टर्कीका सेनाको जम्काभेट हुन सक्ने ठाउँमा गस्ती गरिरहेको छ।

युद्ध रोक्ने उपायबारे छलफल गर्न अङ्करासँग आफू सम्पर्कमा रहेको मस्कोले जनाएको छ। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad