ad ad

राजनीति


जसपा आधिकारिकता विवाद : महन्थ र यादव पक्ष छलफलका लागि निर्वाचन आयोगमा

जसपा आधिकारिकता विवाद : महन्थ र यादव पक्ष छलफलका लागि निर्वाचन आयोगमा

नेपालखबर
असार २२, २०७८ मंगलबार १२:२६,

विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरु छलफल का लागि निर्वाचन आयोग पुगेका छन्।

निर्वाचन आयोगले आज ११ बजे आयोगमा छलफलका लागि बोलाएको थियो। जसपाका दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा छलफलका लागि आएको आयोगका प्रवक्त राजकुमार श्रेष्ठले बताए।

आयोगमा छलफलका लागि अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अर्को पक्षका अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत पुगेका छन्।

जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ। दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन्।

यस अघि दुवै पक्षले एक अर्कलाई कारबाही गर्दै आयोगमा पत्र पठाएका थिए। तर आयोगले दुवैको कारबाहीलाई स्वीकार गरेको थिएन। 

त्यसपछि यादव पक्षले आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो। आयोगले ठाकुर पक्षलाई यादव पक्षको दाबीबारे १५ दिन भित्र जवाफ दिन भनेको थियो।

ठाकुर पक्षले २० जना कार्यकारिणी सदस्य थप गरेको पत्रसहित आयोगमा आधिकारिकता दाबी गरेका थिए।

दुवैले आधिकारिकता दाबी गरेपछि आयोगले दबै पक्षलाई छलफलका लागि बोलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .