ad ad

राजनीति


विश्वास गुमाएको प्रधानमन्त्री एक मिनेट पनि कुर्सीमा बस्न मिल्दैन : एमिकस घिमिरे

विश्वास गुमाएको प्रधानमन्त्री एक मिनेट पनि कुर्सीमा बस्न मिल्दैन : एमिकस घिमिरे

नेपालखबर
असार २१, २०७८ सोमबार १६:२४,

संघीय प्रतिनिधि सभाबाट विश्वास गुमाएको व्यक्ति एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्न नमिल्ने एमिकस क्युरीका वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेले बताएका छन्। 

प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा उनले रिटको पक्षमा राय दिएका हुन्।

सर्वोच्च बार एसोसिएसनले उनलाई एमिकसका रुपमा पठाएको हो। 

‘जनताले विश्वास गरेको छैन भने एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्दैन। प्रधानमन्त्री हुनका लागि १२ महिना चौबीसै घण्टा जनताको विश्वास चाहिन्छ, होइन भने प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन’, घिमिरेले भने, ‘जनताले पत्याएका छैनन् भने मन्त्री पनि हुन पाइँदैन भनेपछि श्रीमान्! प्रधानमन्त्री त कसरी हुन मिल्छ?’

२÷२ पटक विश्वास नगरेको मान्छे फेरि प्रधानमन्त्री हुनै नमिल्ने उनले बताए।

६ गतेसम्म प्रधानमन्त्री ओलीले राम्रो कुरा गरेको घिमिरेले बताए। 

‘६ गतेसम्म उहाँ एकदम क्लिन हुनुहुन्थ्यो। त्यो दिन उहाँले वैकल्पिक सरकार निर्माण गर्नका लागि मार्ग प्रशस्त गरेँ भन्नुभयो। मेरो विकल्पमै होइन भन्नुभयो, त्यही भएर विकल्प खोज्न भन्नुभयो तर ७ गते आफैँ पहिले दाबी गर्न पुग्नुभयो’, घिमिरेले भने।

७६(५) अनुसार प्रधानमन्त्रीका लागि दलको समर्थन भए राम्रो भए पनि दल नै चाहिने अनिवार्य व्यवस्था नभएको उनले बताए।

केपी ओलीले गरेको दाबीमा पनि नेकपा एमालेको निर्णय नरहेको भन्दै निर्णय भएको भए अहिलेको समस्या नहुने र जसपाको पनि चिठी मात्रै लगेको तर दलको निर्णय नभएको बताए। 

यो चिठी ७६(२) लाई काम लाग्ने भए पनि ७६(५) मा काम नलाग्ने उनले बताए। 

७६ (५) ले विश्वासको मत दिने नै मान्छे खोजेको उनको तर्क छ। 

पार्टीलाई प्रश्स्त मौका दिएको र उनीहरुले नसकेपछि संसद विघटन हुनबाट जोगाउनका लागि सांसदलाई मौका दिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .