फोटोफिचर


छठका लागि यसरी झकिझकाउ बन्दैछ बागमती किनार (१० तस्बिर)


सरोज बैजु
कात्तिक २१, २०८१ बुधबार १८:५, काठमाडौँ

तराई–मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको रौनक केन्द्रीय राजधानी काठमाडौँमा पनि बढेको छ। 

केही वर्षयता तराईदेखि पहाडसम्म सबैतिर उत्तिकै आस्थाका साथ मनाइने यो पर्वको तयारी अन्तिम अवस्थामा पुगेको छ।

यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाएको छ। 

तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थानमा छठको तयारी लागेका छन्।

छठ पूजाका लागि काठमाडौँका गौरीघाटलगायत नदी किनारहरू सिंगारिएका छन्। चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad