काठमाडौं उपत्यकामा लगातार परेको वर्षाका कारण बागमती लगायत नदीहरुको पानीको बहाव बढेको छ।
काठमाडौंका सडकहरुमा पनि पानी जम्नुका साथै यहाँको दैनिकी समेत प्रभावित बनेको छ।
आज बिहानैदेखि देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णालीदेखि पूर्वका पाँचवटा प्रदेशमा वर्षा भइरहेको छ।
वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेको छ। आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्ने र केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔं।’
अविरल वर्षासँगै बागमती नदीमा आएको बाढीलाई नेपालखबरका सुजन श्रेष्ठले क्यामेरामा कैद गरेका छन्-
Shares
प्रतिक्रिया