फोटोफिचर


महाशिवरात्रिमा पशुपतिनाथमा देखियो यस्तो रौनक (फोटोफिचर)


प्रविन कोइराला
फागुन २७, २०७७ बिहिबार ७:१२,

महाशिवरात्रिका अवसरमा बिहीबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा लाखौँ भक्तजनको भीड लागेको छ।

महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ।

मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल, दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरीरूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

अहिले पशुपति क्षेत्रमा भक्तजनहरुको भीड छ। भक्तजनहरु भगवानको दर्शनका साथै भजन, कीर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् भनेक ोही साधुसन्तसँग गाँजा सेवनमा मस्त देखिन्छन्।

हेरौँ केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .