मिराज ढुंगाना र जितेन्द्रकुमार महतो पक्राउ परेका छन्। उनीहरू सरकार र जेनजीबीचको सम्झौताविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न पुगेका थिए।
जेनजी आन्दोलन संस्थागत गर्न भएको सम्झौता चित्त बुझ्दो नभएको भन्दै सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको हो। मिराज र जितेन्द्रले यसअघि सम्झौतामा असमर्थन रहेको विज्ञप्ति जारी गरेका थिए।
‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्याएर छोडेको छ।


















1.2k
Shares

प्रतिक्रिया