ad ad

फोटोफिचर


लकडाउनमा काठमाडौँ : हेर्नुहोस् ड्रोनबाट लिएका दर्जन तस्बिर


अनुप घिमिरे
बैशाख १९, २०७७ शुक्रबार ६:४८,

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन ३९ दिन पुगेको छ। सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा गरेको थियो।

पछिल्ला केही दिनमा केही चहलपहल बढे पनि उपत्यकाका सडकहरु सुनसानप्रायः छन्। सरकारले तीन पटक लकडाउनको अवघि थप गरी वैशाख २५ गतेसम्मलाई पु¥याएको छ।

 यो अवधिमा सडकमा स्वास्थ्य, सुरक्षा, सञ्चार र एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न बोकेका र कुटनीतिक नियोग र कही अत्यावश्यकको पास लिएका गाडीहरुमात्रै सञ्चालनमा छन्।

लकडाउनका कारण उपत्यकाका सडकहरु सुनसान बनेका छन्। सवारी साधनमात्रै नभइ पैदलयात्रुलाई पनि अत्यावश्यक कामबाहेक बाहिर निस्कन निषेध गरेका कारण सडक सुनसान बन्नु स्वभाविक नै भयो। पछिल्लो तहले उपत्यकामा रहेका आफ्ना नगरिकहरुलाई लगेपछि उपत्यका थप सुनसान बनेको हो।

पछिल्लो समय सरकारले लकडाउनको कडाइ गर्न निर्देशन दिएपछि अहिले विभिन्न चोकमा सवारीको चाप बढेको छ। प्रहरी चेकजाँचमा कडाइ गरेपछि चोकहरुमा सवारी साधनहरुको ठूलो लाइन देखिन्छ।

अघिपछि अति व्यस्त देखिने काठमाडौँ उपत्यकाका मुख्य चोकहरु कलंकी, थापाथली, जावलाखेल, माइतीघर र बबरमहल क्षेत्रका दर्जन तस्बिरहरु  स्वतन्त्र फोटोग्राफर अनुप घिमिरेले ड्रोनमार्फत  लिएका छन्। हेरौँ तस्बिरहरु :

(घिमिरे स्वतन्त्र फोटोग्राफर हुन्। ट्विटरमा उनलाई @anupg44 फलो गर्न सकिन्छ।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .