भदौ २३ गते (सोमबार) काठमाडौँको माइतीघरबाट सुरु भएको जेनजी आन्दोलन बानेश्वर पुग्दासम्म नियन्त्रणबाहिर गइसकेको थियो। देशका अरू भागमा पनि प्रदर्शन चर्कियो। प्रहरीको गोली लागी पहिलो दिन नै १९ जनाको ज्यान गयो।
भोलिपल्ट त सार्वजनजिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीको शृंखला चल्यो। क्षणभरमै मुलुकका प्रमुख प्रशासनिक संरचना र व्यावसायिक प्रतिष्ठान ध्वस्त पारियो। सेना सडकमा आयो। त्यसयताका चार दिन निषेधाज्ञा र कर्फ्युका कारण बजार ठप्प र सुनसान भयो।
पाँचौँ दिनमा आज शनिबार बल्ल कर्फ्यु र निषेधाज्ञा हट्यो। बजार खुल्यो। अनि बजारमा उपभोक्ताहरू किनमेल गर्न निस्केका छन्। न्युरोड क्षेत्र त अहिले भिडभाडमय भएको छ।
























141
Shares

प्रतिक्रिया