जेनजी समूहको आन्दोलन हिंसामा परिणत हुँदा काठमाडौँमा धेरै जनधनको क्षति भयो। आन्दोलनरत समूहले विभिन्न सार्वजनिक सम्पती पनि ध्वस्त भए। आन्दोलनरत जेनजी समूहको एक हिस्साले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत निशाना बनाएपछि त्यहाँ आगलागी भएको थियो।
आगलागीका कारण मन्त्रालयको मुख्य भवन पूर्णरूपमा जलेको छ। कागजात नष्ट भएका छन्। मन्त्रालय परिसरमा रहेका सबै सवारीसाधन पनि जलेका छन्।
सोमबार प्रदर्शन सुरु भएकै दिन मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने, जेनजीको माग सम्बोधन गर्न ध्यान दिनुपर्ने बताएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल कम्पनीसँग नझुक्ने प्रतिक्रिया दिएका थिए।
मन्त्री पौडेलले मंगलबार पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले पनि पदबाट राजीनामा दिएका थिए। अहिले राष्ट्रपति र प्रधानसेनापतिले अन्तरिम सरकार गठन प्रक्रिया सुरु गर्न विभिन्न समूहसँग छलफल गरिरहेका छन्।






















Shares

प्रतिक्रिया