वर्ष २०८१ बिदा भएको छ। र, २०८२ को आगमन। देश–विदेशका नेपालीहरू नयाँ वर्षको स्वागत गर्दै आपसमा शुभकामना र प्रेम साट्न थालेका छन्।
नयाँ वर्षको स्वागतका लागि विशेष उत्सव नै मनाइँदै छ, काठमाडौँको ठमेललगायत सहरका विभिन्न ठाउँहरूमा। मध्यरातसम्म जाग्राम बसेर नाचगान, खानपिन र रमाइलोमा मस्त छन् युवकयुवतीहरू।
वर्षको अन्तिम साँझबाटै झिलिमिली बत्तीले सजाइएका सहर अनि गल्लीहरुमा अहिले आतसबाजी गरिएको छ। कतिपय ठाउँमा सांगीतिक कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ।
नेपालीसँगै विदेशी पर्यटकहरू पनि उत्तिकै रमाएर नेपाली नयाँ वर्षको स्वागतमा सामेल भए।
हेर्नुहोस् काठमाडौँको ठमेलमा नयाँ वर्ष २०८२ को स्वागतका केही झलकहरू















129
Shares

प्रतिक्रिया