ad ad

फोटोफिचर


लकडाउन पछि सुनसान काठमाडाैं (फाेटाेफिचर)


प्रविन कोइराला
चैत ११, २०७६ मंगलबार ९:८,

सरकारले मंगलबारदेखि देशभर लागू हुने गरी लकडाउन घाेषणा गरेपछि राजधानी काठमाडाैंमा सन्नाटा छाएकाे छ।

सधैँ ब्यस्त रहने काठमाडाै‌ंका सडकमा गाडी नचलेपछि सडक सुनसान बनेका छन्। लकडाउनकाे पहिलाे दिन एम्बुलेन्स, सुरक्षाकर्मीसहित पानी र खाद्यान्न ढुवानीका गाडी मात्र चलेका छन्।

सिमित मात्रामा सडकमा निस्किएका सर्वसाधारणलाई सुरक्षाकर्मीले साेधपुछ गर्ने र अत्यावश्यक कामबाहेककालाई सम्झाइबुझाई फर्काइदिने गरेका छन्। 

सरकारले अत्यावश्यक सामानका पसल खुलै राख्ने भनेपनि पसलहरु नखुल्दा कतिपय ठाउँमा अत्यावश्यक सामाग्रीसमेत नपाइएकाे सर्वसाधारणकाे गुनासाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .