फोटोफिचर


प्रधानमन्त्री ओलीद्वारा नेपालकै पहिलो फ्रान्सेली ब्रान्डको पाँचतारे होटल उद्‌घाटन (तस्बिरहरू)


सरोज बैजु
माघ २, २०८१ बुधबार १३:४५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटलको उद्‌घाटन गरेका छन्।

काठमाडौँको सुकेधारामा अवस्थित अन्तर्राष्ट्रिय ब्रान्डको मर्क्युर होटेलको प्रम ओलीले आज एक समारोहका बीच उद्घाटन गरेका हुन्।

मर्क्युरमा अन्तर्राष्ट्रिय रूपमा चर्चित कुजिनसँगै इटालियन र इन्डियन स्वादलाई चाख्न पाइनेछ।

एबी होल्डिङ्सअन्तर्गतको कम्पनी मेट्रोपोलिटियन होटलको व्यवस्थापन फ्रान्सको एकोर ग्रुपले लिएको छ। होटल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको एबी होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेत हुन्।

११ तलाको भवन रहेको यस होटलमा १०४ वटा कोठा छन्। जसमध्ये १०औँ र ११औँ तल्लामा जिम, स्टिम, साउनालगायत फिटनेसका लागि छुट्याइएको छ।

यस होटलको अर्को विशेषता भनेको होटलको टपमा बसेर काठमाडौंको भ्यु हेर्दै परिकार स्वाद लिन पाउनु हो।

उद्घाटन समारोहका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad